२०८३ बैशाख २३ गते , बुधबार

प्रदेश १ मा ४५० जनामा कोरोना सङ्क्रमण

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २३ गते , बुधबार
प्रदेश १ मा ४५० जनामा कोरोना सङ्क्रमण

झापा । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ४५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा एक हजार ६९ जनाको पिसिआर परीक्षण गर्दा ३१२ र ७३१ जनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १३७ मध्ये विराटनगरमा ५८, सुनसरीमा ७५, झापामा ६८, धनकुटामा १०, इलाममा नौ, उदयपुरमा चार, पाँचथरमा तीन, भोजपुरमा दुई र प्रदेश  बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै १९८ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९७ महिला र १०१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । रासस

सम्बन्धित समाचार