२०८३ बैशाख ८ गते , मंगलबार

कांग्रेस महामन्त्री पदमा विश्वप्रकाश शर्माको उम्मेदवारी घोषणा

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २४ गते , विहीबार
कांग्रेस महामन्त्री पदमा विश्वप्रकाश शर्माको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। आसन्न १४ औं महाधिवेशनका लागि सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर शर्माले महामन्त्रीको उम्मेदवारीको घोषणा गरेका हुन्।  बिपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिहीबार बिपी संग्रहालयले आयोजना गरेको कार्यक्रममा महामन्त्रीको उम्मेदवारी घोषणा छन्। 

महामन्त्रीको घोषणा गर्दै कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने बताए।  आगामी ९ देखि १३ मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन गर्दैछ। कांग्रेस नेता युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। त्यस्तै, अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन्। 


सम्बन्धित समाचार