२०८३ बैशाख २३ गते , बुधबार

थपिए ११४६ नयाँ कोरोना संक्रमित, २१ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २५ गते , शुक्रबार
थपिए ११४६ नयाँ कोरोना संक्रमित, २१ जनाको मृत्यु

झापा । देशभर शुक्रबार थप एक हजार एक सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १० हजार ९ सय १६ जनाको पिसिआर परीक्षण गर्दा एक हजार  एक सय ४६ जना कोरोना संक्रमित थपिएका हुन्।

यस्तै, २१ जना संक्रमितको मृत्यु भएको छ। भने आज एक हजार  ६ सय ६० जनाले कोरोनालाई जितेका छन्। हाल नेपालमा संक्रमणमुक्त हुने दर ९५ प्रतिशत रहेको छ। हाल देशभर २७ हजार ९ सय ५८ जना संक्रिय संक्रमित रहेका छन्।


 

सम्बन्धित समाचार