२०८३ बैशाख ३ गते , विहीबार

इन्डोनेसियाको जेलमा भीषण आगलागी, कम्तिमा ४४ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २५ गते , शुक्रबार
इन्डोनेसियाको जेलमा भीषण आगलागी, कम्तिमा ४४ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाको एक जेलमा भीषण आगलागी हुँदा मृत्यु हुनेको संख्या ४४ पुगेको छ। इन्डोनेसियाको राजधानी जकार्ता नजिकैको तांगेराब नगरको जेलमा गत बुधबार आगलागी भएको इन्डोनेसियाको कानून तथा मानवअधिकार मन्त्रालयले जनाएको हो।

आगलागीमा तत्काल ४१ जनाको मृत्यु भएको थियो। घाइतेको अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा रहेकामध्ये बिहीबार ३ जनाको मृत्यु भएपछि यो संख्या ४४ पुगेको हो।

आगलागीमा घाइते भएकामध्ये अझै केहीको उपचार भइरहेको र केही सिकिस्त रहेका मन्त्रालयले जनाएको छ। आगलागीको कारण थाहा नभएको र त्यस विषयमा अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार