२०८३ बैशाख २३ गते , बुधबार

प्राथमिक स्वास्थ्य केन्द्र बनियानी र मेची अस्पताललाई २५ लाखको स्वास्थ्य सामग्री वितरण

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २५ गते , शुक्रबार
प्राथमिक स्वास्थ्य केन्द्र बनियानी र मेची अस्पताललाई २५ लाखको स्वास्थ्य सामग्री वितरण
झापा । अन्तर्राष्ट्रिय सहयोगी संस्था सेवा क्यानडा र पोखराका सामाजिक संस्था यूथ फर सेवाले कचनकवल गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र बनियानी र मेची अस्पताल भद्रपुरलाई करिब २५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ ।  हिमानी कोष झापाकी अगुवा पुनम सिंह राजवंशीको पहलमा सेवा क्यानडा र यूथ फर सेवाले शुक्रबार एक संक्षिप्त कार्यक्रमका बिच स्वास्थ्य केन्द्र बनियानी र मेची अस्पताललाई सो मूल्य बराबरको स्वास्थ्य सामग्री वितरण गरेको हो ।


संस्थाद्धयले प्राथमिक स्वास्थ्य केन्द्र बनियानीलाई भेन्टिलेटर, पोर्टेवल एक्स–रे, पिपिई सेट, सेनिटाईजर, सर्जिकल मास्क, अक्सिजन मास्क, ग्लोब, एन ९५ मास्क, अक्सिमिटर, थर्मगन, लगायतको करिब १८ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । सो स्वास्थ्य सामाग्री यूथ फर सेवाका अध्यक्ष असिलकुमार साहीको नेतृत्वमा पुगेका टोलीले गाउँपालिकाका अध्यक्ष अञ्जार आलम र उपाध्यक्ष निमसरि राजवंशीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र बनियानीका अध्यक्ष रवि चन्द्र ओझा, यूथ फर सेवाका उपाध्यक्ष पर्शुराम भण्डारी, महासचिव प्रेम साकार, सचिव छेवाङ कर्मा तामाङ, कोषाध्यक्ष गोपाल गौतम, सदस्यहरू सागर पनेरू, सन्दीप माझी, बलराम कालिकोटे, विष्णु काफ्ले र श्यामदास कुँवर समेतको उपस्थिति रहेको थियो ।


त्यस्तै मेची अञ्चल अस्पताल भद्रपुरलाई  संस्थाद्धय आईभि स्टेण्ड, बेड साइड लकर, पिपिई सेट, सर्जिकल मास्क, सेनिटाईजर, ग्लोभ्स, अक्सिजन मास्क, नसल क्यानल, अक्सिजन रिजर्भ ब्याग, फ्लो मिटर लगायत गरी  करिब ७ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको हिमानी कोष झापाकी अगुवा पुनम सिंह राजवंशीले बताइन् । सो सामग्रीहरू अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टङ्कप्रसाद बाह्रकोटीलाई हस्तान्तरण गरिएको थियो । स्वास्थ्य सामग्री वितरण कार्यक्रममा मेची अञ्चल अस्पतालका शाखा अधिकृत रेखनाथ दाहाल, फार्मेसी अधिकृत दुर्गा बहादुर राजभण्डारी लगायत उपस्थिति रहेको थियो।

 

सम्बन्धित समाचार