२०८३ बैशाख ४ गते , शुक्रबार

ओखलढुङ्गामा अंशबन्डाको विवादका कारण भाइ र भतिजाले गरे हत्या

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २६ गते , शनिबार
ओखलढुङ्गामा अंशबन्डाको विवादका कारण भाइ र भतिजाले गरे हत्या
ओखलढुङ्गा । ओखलढुङ्गामा भाइ र भतिजाले मिलेर एक जनाको हत्या गरेका छन् ।  खजिदेम्बा गाउँपालिका- ५ मा भाइ र भतिजाले ढाड खर्कका- ६८ वर्षीय मित्रबहादुर तामाङको धारिलो हतियार खुकुरी र दाउ प्रहार गरी हत्या गरेका हुन । हत्यामा संलग्न उनकै आफ्नै भाइ ६७ वर्षीय शेरबहादुर तामाङ र शेरबहादुरका छोरा ३६ वर्षीय वीरबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । 
शुक्रबार दिउँसो साढे १२ बजे हत्या गरिएको थियो ।  घटना भए लगतै इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी टोली खुकुरीसहित हत्यामा संलग्न दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूले अंशबन्डाको विषयमा विवाद हुँदा धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्रबहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार