संखुवासभा हत्या प्रकरण : घटनास्थलबाट आरोपी आफन्त पक्राउ
संखुवासभा । मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
हत्यामा संम्लग्न भएको आरोपमा मादी १ उम्लिङ खोला गाउँकै एक व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। घटनाबारे थप जानकारी आइतबार पत्रकार सम्मेलन गरेर दिइने डिएसपी सुवेदीले बताए।
गत सोमबार उम्लिङको खोलागाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उनकी आामा ८४ वर्षीया पार्वती, श्रीमती ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमाको हत्या भएको थियो।
घटनाको अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल आइपुगेको थियो। घटनामा संम्लग्न भएको आरोपमा कार्की परिवारकै आफन्त भएको डिएसपी सुवेदीले जानकारी बताए।