झापामा वाइबी बियर लन्च
झापा । यति ब्रुलरीको उत्कृष्ट उत्पादन वाइबी डार्क बियरको झापामा लन्च गरिएको छ । अर्जुनधारा नगरपालिका ५ स्थित लक्ष्मीपुरमा मुख्य पसल रहेको मामा भान्जा ट्रेड एन्ड सप्लायर्स मुख्य डिलर रहेको यस क्षेत्रबाट यस बियरको अर्जुनधारा, बिर्तामोड, कनकाई नगरपालिका, झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका र हल्दिवारी गाउँपालिका क्षेत्रको उक्त मामा भान्जा टे«डले मुख्य डिलर सीप गर्ने मामा भान्जा ट्रेड एन्ड सप्लायर्सकी प्रोपाइटरद्धय मन्दिरा गौतम र केशव गौतमले बताए ।
यसका सञ्चालकमा यस क्षेत्रकै कुशल बैकर्सद्धय डिल्लीराम अधिकारी र विनोद गौतम रहेका छन् । यति ब्रुलरीका तर्फबाट एरिया मेनेजरमा सुमन सुवेदी, एरिया इन्चार्जमा दीपक थापा, सेल्स मेनेजरमा दीपक क्षेत्री, सेल्स अफिसरमा लोकेन्द्र न्यौपाने र क्षेत्रीय डिलरमा युवराज घिमिरे रहेका छन् । आगामी दिनमा अन्य उत्पादनलाई समेत झापामा बजारीकरण गरिने प्रोप्राइटर मन्दिरा गौतमले बताए ।
यसैबिच आजै झापाका विभिन्न बजारहरूमा वाइबी बियरको लन्च कार्यक्रम समेत गरिएको छ । ग्राहकहरूले अन्य बियर भन्दा यसलाई छुट्टै र छिट्टै मन पराइदिएको गौतमले बताए । ८ प्रतिशत अल्कोहल रहेको यस बियर ३३० मिल लिटरमा उपलब्ध छ ।