२०८३ बैशाख २३ गते , बुधबार
कोरोना अपडेट : आज हजारभन्दा तल आयो संक्रमितको संख्या
झापा । पछिल्लो २४ घण्टामा देशभर थप ९ सय ९४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ९ हजार ८ सय ४० जनाको एन्टिजेन र पिसिआर परिक्षण गर्दा ९ सय ९४ जना संक्रमित भेटिएका हुन्। यो संख्या यसअघिका पछिल्ला केही दिनको भन्दा कम हो। प्राय पछिल्लो समय कोरोना संक्रमितको संख्या दैनिक एक हजारभन्दा माथि नै आउने गरेको थियो।
यस्तै, आज कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। त्यस्तै, एक हजार तीन सय ६८ जना कोरोनामुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ छ। हालसम्म ७ लाख ३८ हजार ३४ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ९३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।