२०८३ बैशाख ३ गते , विहीबार

अफगानिस्तानको काबुलमा पाकिस्तानविरुद्ध नाराबाजी गर्दै जनता सडकमा

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २६ गते , शनिबार
अफगानिस्तानको काबुलमा पाकिस्तानविरुद्ध नाराबाजी गर्दै जनता सडकमा

काबुल। अफगानिस्तानको राजधानी काबुलमा बुधवार पाकिस्तानविरुद्ध नाराबाजी गरिएका छन्। सङ्गठन तालिबानलगायतका समूहलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्दै आएको पाकिस्तानकै कारण मुलुकमा तालिबानले सत्ता कब्जा गरेको भन्दै राजधानी काबुलमा पाकिस्तानविरुद्ध नाराबाजी गरिएको हो।

राजधानी काबुलमा भएको पाकिस्तानविरुद्धको आन्दोलनमा करिब एक हजारभन्दा बढी मानिसहरूको सहभागिता रहेको थियो। उनीहरूले पाकिस्तानमा रहेको नियन्त्रणमा रहेको सरकार आवश्यक नभएको भन्दै नाराबाजीसहित आन्दोलन गरेका हुन्।तालिबानले मङ्गलवार इस्लामिक इमिरेट्स नाम दिएर नयाँ सरकार घोषणा गरेको हो। तालिबानले उक्त सरकारलाई कामचलाउ सरकारको नाम दिएको छ। सरकारको प्रमुख संयुक्त राष्ट्र सङ्घले प्रतिबन्ध लगाएका व्यक्ति छन् भने गृह मन्त्रालयको जिम्मेवारी अमेरिकाले आतङ्ककारीको सूचीमा राखेको र एफबीआईको मोस्ट वान्टेड सूचीमा रहेको व्यक्ति रहेका छन्।

अफगान सरकारविरुद्ध लड्नका लागि तालिबानलाई पाकिस्तानले सैन्य र लडाकु सहयोग गरेको थियो। यता अमेरिकाले पाकिस्तानलाई आतंकवादविरुद्ध लड्नका लागि आर्थिक सहयोग गरिरहेको भए पनि पाकिस्तानले भने आतङ्कवाद सङ्गठनलाई नै पालनपोषण गरिरहेको पाइएको हो।

पाकिस्तानको दोहोरो चरित्रको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ। तर, पाकिस्तानले भने तालिबान सरकार गठनलाई उपलब्धिको रुपमा व्याख्या गरेको छ । तालिबान सरकार गठनलाई चीनले पनि स्वागत गरेको छ। तर, अमेरिकाले भने काम हेरेर मूल्याङ्कन गर्ने प्रतिक्रिया दिएको छ। एजेन्सी 

सम्बन्धित समाचार