२०८३ बैशाख २३ गते , बुधबार
संक्रमितभन्दा कोरोना निको हुनेको संख्या धेरै
झापा । पछिल्लो २४ घन्टामा देशभरि ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ११ हजार १८ जनाको परीक्षण गर्दा ९ सय ११ जना संक्रमित भेटिएका हुन्।
यस्तै, आज १३ जना संक्रमितको मृत्यु भएको छ। १ हजार ४ सय २३ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर २६ हजार ७ सय ५७ जना सक्रिय संक्रमित रहेका छन्।