२०८३ बैशाख ४ गते , शुक्रबार
अस्पतालमा 'बम' राखेर फिरौती माग्ने तीनजना पक्राउ
काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित मात्रिका आँखा अस्पतालमा शंकास्पद वस्तु राखेर फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ घर भई काठमाडौं फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर, उनका भाइ २० वर्षीय अभिषेक र रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर १ खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगर पक्राउ परेका हुन् ।
आपराधिक लाभ लिन खोजेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले अस्पतालका एक डाक्टरलाई फोन गरी धम्क्याएर पैसा मागेका थिए । परिवारलाई सुरक्षित राख्न मन भए तीन करोड रुपैयाँ लिएर नागढुंगा आउनु भनेका थिए । आशिषले अस्पतालको तेस्रो तलाको शौचालयमा बम राखेको बताएका थिए। सेनाको डिस्पोजल टोलीले बम भनिएको शंकास्पद वस्तु नष्ट गरेको थियो ।