२०८३ बैशाख ४ गते , शुक्रबार
बिर्तामोडमा ब्राउन सुगरसहित दुई जना पक्राउ
झापा। ठुलो मात्रामा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित बिर्तामोडमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी २ बुद्ध चोक बस्ने ३४ वर्षीय भिमराज राई र सोही नगरपालिका १ बस्ने ३२ वर्षीय अनुप सुब्बा लिम्बु रहेका छन् ।
सोमबार राति साढे ९ बजे बिर्तामोड ३ स्थित बिर्ता बजारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले को २७ प ८६७४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरूको साथबाट २३ ग्राम ब्राउन सुगर र दुई वटा मोबाइल बरामद गरेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।