२०८३ बैशाख २३ गते , बुधबार
थपिए १७ सय ६० कोरोना संक्रमित, ७ जनाको मृत्यु
झापा । देशभर पछिल्लो २४ घण्टामा १७ सय ६० कोरोना संक्रमित थपिएका छन् । १६ हजार ८४४ नमूना परीक्षण गर्दा १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा १२ सय २० संक्रमित संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ३०३ रहेको छ ।