२०८३ बैशाख ३ गते , विहीबार
आवश्यक प्रक्रिया पूरा गरेर मात्र विद्यालय खोल्न पाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले कोरोना भाइरस विरुद्ध विद्यार्थी, शिक्षक तथा अभिभावकलाई आवश्यक अभिमुखीकरण, परीक्षण र स्वास्थ्य उपचारको व्यवस्था मिलाएर मात्र विद्यालय खोल्न पाउने निर्णय गरेको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, सिसिएमसी प्रमुख, शिक्षा मन्त्रालयका सचिव, अभिभावक सङ्घ र प्याप्सनका पदाधिकारीहरूको संयुक्त बैठकले कोरोना परीक्षण र उपचारको व्यवस्था मिलाई विद्यालय सञ्चालन सम्बन्धी कार्यविधि २०७७ अनुसार विद्यालय खोल्न दिने निर्णय गरेको हो ।
स्थानीय निकायले विद्यालय खोल्न चाहे बालबालिकाको स्वास्थ्य र उपचारको व्यवस्था मिलाइ मापदण्ड कडाइका साथ पालना गराउनु पर्ने भएको छ ।
संक्रमणको जोखिम नघटेको र सबैतिर अवस्था फरक फरक रहेका कारण स्थानीय रूपमै सङ्क्रमणलाई मध्यनजर गरेर विद्यालय खोल्न स्वास्थ्य मन्त्रालयले बाटो खोलिदिएको छ । यसअघि शिक्षा मन्त्रालयले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरिसकेको थियो