२०८३ बैशाख २३ गते , बुधबार

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ३१ गते , विहीबार
कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

झापा । देशभर कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ११ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११ हजार २ जना पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा १५ हजार एक सय ७९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा थप १५ सय ११ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा दुई सय ९३, भक्तपुरमा ३९ र ललितपुरमा ९८ गरी उपत्यकाभित्र कुल चार सय ३० जना संक्रमित भेटिएका छन्। हाल देशभर २५ हजार ७७ सय २ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

सम्बन्धित समाचार