२०८३ बैशाख ३ गते , विहीबार

असोज ४ गतेदेखि भद्रपुरका सबै विद्यालय खोल्ने निर्णय

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ३१ गते , विहीबार
असोज ४ गतेदेखि भद्रपुरका सबै विद्यालय खोल्ने निर्णय
भद्रपुर । भद्रपुर नगरपालिकाको नगर शिक्षा समितिले असोज ४ गतेदेखि भौतिक रूपमा सम्पूर्ण पठनपाठन हुने गरी नगरक्षेत्रका विद्यालय खोल्ने निर्णय गरेको छ । झापाका अन्य स्थानीय तहले भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि भद्रपुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर नगरभित्रका सबै विद्यालय सञ्चालन गर्न अनुमति दिएको हो ।
कोरोना महामारी तीव्ररुपमा बढेसँगै नगर शिक्षा कार्यालयले गत बैशाख १४ गतेबाट नगरक्षेत्रका सम्पूर्ण विद्यालयमा भौतिक रूपमा पठनपाठन लगायत परीक्षा रोक्ने निर्णय गरेको थियो । नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेलका अनुसार सरकारले तोकेको स्वास्थ्य सुरक्षाका सावधानीलाई पूर्ण रुपमा पालना गर्दै भौतिक रूपमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म सञ्चालन गर्ने निर्णय नगर शिक्षा समितिले गरेको हो । फाइल तस्बिर


सम्बन्धित समाचार