२०८३ बैशाख २३ गते , बुधबार

प्रदेश १ मा २६१ जना कोरोनामुक्त, झापामा थपिए १४८ संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ३१ गते , विहीबार
प्रदेश १ मा २६१ जना कोरोनामुक्त, झापामा थपिए १४८ संक्रमित
झापा । प्रदेश नं १ मा आज २६१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १३० महिला र १३१ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा  प्रदेश नं  १ मा सबैभन्दा बढी झापामा १४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती सङ्क्रमित झापाको १३ वटा पालिकामा देखिएका हुन् । सो अवधिमा प्रदेशभरिमा एक हजार १४६ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
    
मन्त्रालयका अनुसार झापाबाहेक मोरङमा १२२, सुनसरीमा ६१, धनकुटा र इलाममा पाँच/पाँच, भोजपुर, उदयपुर र सङ्खुवासभामा एक/एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको छ । प्रदेशमा आज आठ जिल्ला बढी प्रभावित भएको देखिएको छ । 
    
स्थानीय पालिका अनुसार झापामा १३ वटा पालिकाअन्तर्गत झापाको बिर्तामोडमा ४१, अर्जुनधारामा २७, कनकाइमा १८, दमकमा १५, शिवसताक्षी र मेचीनगरमा १०/१०, बुद्धशान्ति र भद्रपुरमा छ/छ, बाह्रदशी र हल्दिबारीमा चार, कमल गाउँपालिकामा तीन, गौरादह र झापा गाउँपालिकामा दुई÷दुई जनामा कोरोना देखिएको हो ।
    
मोरङको विराटनगरमा ७२, सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १०, उर्लाबारीमा सात, केराबारीमा पाँच, रतुवा माईमा दुई, बेलबारी, लेटाङ, रङ्गेली, धनपालथान, बूढीगङ्गा र कटहरीमा एक/एक गरी १२ वटा पालिकामा, सुनसरीको छ वटा पालिकाअन्तर्गत इटहरीमा ४२, धरानमा ११, रामधुनीमा चार, हरिनगरमा दुई, इनरुवा र देवानगञ्जमा एक/एक, धनकुटाको धनकुटा नगरपालिकामा तीन, छथर र पाख्रिबासमा एक/एक गरी तीन पालिकामा देखिएको छ ।
त्यस्तै इलामको इलाम नगरपालिकामा तीन, सूर्योदय र चुलाचुलीमा एक/एक गरी तीन पालिकामा, भोजपुरको भोजपुर नगरपालिका, उदयपुरको कटारी र सङ्खुवासभाको खाँदवारिमा एक/एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । रासस

सम्बन्धित समाचार