२०८३ बैशाख ४ गते , शुक्रबार

भरुवा बन्दुकसहित एक जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १ गते , शुक्रबार
भरुवा बन्दुकसहित एक जना पक्राउ
झापा। मोरङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । भरुवा बन्दुकसहित पक्राउ पर्नेमा मिकलाजुङ गाउँपालिका–५ निवासी ४३ वर्षीय जगतबहादुर लिम्बु रहेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो । उनले घरमा लुकाई छिपाई बन्दुक राखेका थिए । पक्राउ परेका लिम्बुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार