२०८३ बैशाख २३ गते , बुधबार

थपिए १५५८ कोरोना संक्रमित, १० जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १ गते , शुक्रबार
थपिए १५५८ कोरोना संक्रमित, १० जनाको मृत्यु

झापा । देशभर शुक्रबार १ हजार ५ सय ५८ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ हजार ३ सय ८५ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १ हजार ५ सय ५८ जना संक्रमित भेटिएका हुन्। आज १० जना संक्रमितको मृत्यु भएको छ।

यस्तै, आज १ हजार ३ सय ५१ जनाले कोरोना जितेका छन्। हाल देशभर २५ हजार ४ सय ९७ जना संक्रिय संक्रमित रहेका छन्। आज देशभरि ६० हजार १ सय ५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

सम्बन्धित समाचार