२०८३ बैशाख ४ गते , शुक्रबार

पथरीको सेल्फी रोडमा यौन क्रियाकलाप गर्ने एक जोडी पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन ३ गते , आईतबार
पथरीको सेल्फी रोडमा यौन क्रियाकलाप गर्ने एक जोडी पक्राउ
पथरी । पथरी शनिश्चरे नगरपालिका २ मा रहेको सेल्फी रोडबाट यौन क्रियाकलापमा लिप्त भइरहेको एक जोडीलाई प्रहरीले पक्राउ परेको छ । गत भदौ ३० गते अपराह्न साढे ४ बजेको समयमा रोड किनारमा यौन क्रियाकलापमा संलग्न भइरहेको एक अधबैँसे जोडीलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउन साथ इलाका प्रहरी कार्यालय पथरीको टोलीले अटो सहित सेल्फी रोडबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी स्थायी ठेगाना भएका अटो चालक वर्ष ४० का पुरुष रहेका छन् भने पथरी शनिश्चरे नगरपालिका स्थायी ठेगाना भएकी वर्ष ३२ की महिला रहेकी छिन् ।

उर्लाबारी स्थित मङ्गलबारेबाट अटोमा चढेर पथरी शनिश्चरे घर हिँडेकी ती महिला र अटो चालक सो स्थानमा पुगेपछि यौन क्रियाकलापमा संलग्न भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका दुवैले महिलालाई घर पुर्‍याउने क्रममा सो क्षेत्रमा अवाञ्छित गतिविधिमा संलग्न पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई सार्वजनिक स्थलमा अश्लील क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरी कारबाही अगाडी बढाएको जनाएको छ । स्थानीय चौतारी सामुदायिक वन क्षेत्रमा पर्ने सो रोड करिब डेढ वर्ष अघि देखि सामाजिक सञ्जाल टिकटक र सेल्फी पारखीहरूका लागि गन्तव्य स्थल बन्दै आएको छ ।

सम्बन्धित समाचार