२०८३ बैशाख २३ गते , बुधबार
थपिए ७३४ नयाँ कोरोना संक्रमित, १२ जनाको मृत्यु
झापा । पछिल्लो २४ घन्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १० हजार १३ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा सात सय ३४ जना संक्रमित भेटिएका हुन।
त्यस्तै, आज १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। यस्तै आज १४ सय १३ जना संक्रमणमुक्त भएका छन्। भने हाल देशभर २४ हजार तीन सय १३ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।