२०८३ बैशाख ४ गते , शुक्रबार

सशस्त्र प्रहरीद्वारा ब्राउन सुगरसहित एक युवक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन ४ गते , सोमबार
सशस्त्र प्रहरीद्वारा ब्राउन सुगरसहित एक युवक पक्राउ
झापा । सशस्त्र प्रहरीले प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- ४ स्थित आम डाँगी निवासी १८ वर्षीय डिल्लीबहादुर मगर
रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेम भण्डारीले जानकारी दिए । मगरलाई बिओपी बाहुनडाँगीबाट खटिएका पैदल गस्ती टोलीले शङ्का लागि चेकजाँच गर्दा ९ ग्राम ब्राउन सुगर फेला परेको थियो । ब्राउन सुगरसहित फेला परेका युवकलाई प्रहरीलाई जिम्मा लगाइसकिएको जनाइएको छ । 

सम्बन्धित समाचार