२०८३ बैशाख ४ गते , शुक्रबार
१८ लाख नगदसहित १३ जुवाडे पक्राउ
झापा । काठमाडौँबाट प्रहरीले १३ जना जुवाडलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीका अनुसार गएराति साढे १२ बजे कागेश्वरी मनोहरा नगरपालिका ७ हरहर महादेवबाट १८ लाख ७५ हजार ५ सय रुपैयाँ र सात बुक ताससहित १३ जनालाई पक्राउ गरेको हो । स्थानीय कमल दाहालको घरमा तास खेलिरहेका बेलामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।