२०८३ बैशाख २३ गते , बुधबार

थपिए १२८२ जना नयाँ संक्रमित, सात जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन ११ गते , सोमबार
थपिए १२८२ जना नयाँ संक्रमित, सात जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२८२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ९७५ जना र एन्टिजन परिक्षण गर्दा ३०७ जना गरि जम्मा १२८२ जना नयाँ संक्रमित थपिएका हुन् ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा १२६२ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९६।२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ७ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १०३ रहेको छ ।    पछिल्लो २४ घण्टामा १२ हजार ८१ जनाको कोरोना परिक्षण गरेका थिए भने तीन लाख १२ हजार ८७४ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ रहेको छ ।       

सम्बन्धित समाचार