२०८३ बैशाख २३ गते , बुधबार
थपिए ११ सय ५८ जना कोरोना संक्रमित, १२ जनाको मृत्यु
झापा । पछिल्लो २४ घन्टामा देशभर १ हजार १ सय ५८ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विवरणअनुसार १४ हजार ३ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५८ जना संक्रमित भेटिएका हुन्। आज १२ जना संक्रमितको मृत्यु भएको छ। यस्तै, आज १ हजार ३ सय १८ जना संक्रमणमुक्त भएका छन्। देशभर १८ हजार ४ सय २२ जना सक्रिय संक्रमित रहेका छन्।