महिलाको चरित्र हत्या आरोपमा ४ युट्युब च्यानल सञ्चालक पक्राउ
झापा । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले चारवटा युट्युब च्यानलका सञ्चालकलाई पक्राउ गरेको छ। एक महिलाको चरित्र हत्या हुने र समाजमा घृणा फैलाउने सामग्री प्रशारण गरेको आरोपमा ब्यूरोले उनीहरूलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। ब्यूरोका अनुसार पीडित महिलाको उजुरीका आधारमा उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उपमहानगरपालिका-१७ मिमुवा घर भएका हाल गोकर्णेश्वर नगरपालिका बस्ने २१ वर्षका प्रदीप भण्डारी रहेका छन्।
हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक सूर्यगढी गाउँपालिका-३, नुवाकोटका २७ वर्षीय शिशिर अधिकारी रहेका छन्। त्यसैगरी सराइचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका बेलबारी नगरपालिका-९ मोरङकी ३५ वर्षीया पिंकला कार्की र मोडर्न अनलानइन टिभी युट्युबका सञ्चालक मेलुङ गाउँपालिका- ४, दोलखाका २४ वर्षका रोधन तामाङ रहेका छन्। काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। थाहाखबरबाट