२०८३ बैशाख २३ गते , बुधबार

थपिए १०७८ नयाँ कोरोना संक्रमित, १२ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १४ गते , विहीबार
थपिए १०७८ नयाँ कोरोना संक्रमित, १२ जनाको मृत्यु

झापा । देशभर पछिल्लो २४ घण्टामा ८५५५ जनामा पिसिआर परिक्षण गर्दा ८९८ जना र ३२१० जनामा एन्टीजेन परिक्षण गर्दा १८० जना गरी १०७८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९११ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ६५ हजार ७५८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १११३५ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार