२०८३ बैशाख २३ गते , बुधबार

बिर्तामोडमा भोलिदेखि ‘कपाल प्रत्यारोपण मेला’

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १४ गते , विहीबार
बिर्तामोडमा भोलिदेखि ‘कपाल प्रत्यारोपण मेला’

झापा । बिर्तामोडमा सञ्चालित ‘एचडी हेयर एन्ड डर्मा केयर प्रा।लि’ले दोस्रो ‘कपाल प्रत्यारोपण मेला –२०७८’को आयोजना गरेको छ । असोज १५ गतेदेखि सुरु हुने कपाल प्रत्यारोपण मेला २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

मेलाको अवसरमा विशेष छुटका साथ कपाल प्रत्यारोपण गरिने वरिष्ठ डर्मालोजिष्ट डा. गुरु पौडेलले बताए । प्रत्यारोपण गर्ने भन्दा मानिसमा डर, त्रास उत्पन्न हुनसक्ने भन्दै डा. पौडेलले यहाँ प्रत्यारोपण गर्ने प्रविधि फरक रहेको जानकारी दिएc । उनले दुखाइरहित र शतप्रतिशत ग्यारेन्टीका साथ प्रत्यारोपण गर्ने भन्दै प्रत्यारोपण पछि ६ महिनासम्म निगरानीमा राखिने बताए। यो अवधिमा गरिने पुनः परीक्षण निःशुल्क उपलब्ध हुने जनाइएको छ ।

डा. पौडेलको नेतृत्व रहेको टोलीले कपाल प्रत्यारोपण गर्नेछ । एक वर्ष अघिदेखि सञ्चालनमा आएको एचडी हेयर एन्ड डर्मा केयर प्रा।लिले अहिलेसम्म ५० जना मानिसको सफल कपाल प्रत्यारोपण गरिसकेको छ । देशका विभिन्न क्षेत्रबाट बिरामी आउने गरेका छन् ।

पाँच करोड रुपैयाँको लगानीमा सुरु गरिएको ‘हेयर एन्ड डर्मा केयर’मा पछिल्लो समय कपाल प्रत्यारोपण गर्नेको सङ्ख्या बढ्दै गएका छन् । प्रालिमा आफ्नै कपाल उखालेर आफैँले लगाउनसमेत मिल्ने प्रविधि रहेको छ । प्रविधि र प्राविधिक दुवै विषयलाई ध्यान पुर्‍याएर सेवा उपलब्ध गराउने प्रा.लिले जनाएको छ ।

सम्बन्धित समाचार