२०८३ बैशाख २३ गते , बुधबार

थपिए १०६६ जना कोरोना संक्रमित, १३ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १५ गते , शुक्रबार
थपिए १०६६ जना कोरोना संक्रमित, १३ जनाको मृत्यु

झापा । पछिल्लो २४ घण्टामा देशभर १०६६ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार ३६८ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणका क्रममा ८९८ जनामा र १३८ जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको हो ।

त्यस्तै, गत २४ घण्टामा ९३८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ ।

सम्बन्धित समाचार