२०८३ बैशाख ४ गते , शुक्रबार

२५ लाखको पटाकासहित एक जनाको पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १७ गते , आईतबार
२५ लाखको पटाकासहित एक जनाको पक्राउ

झापा ।  काठमाडौंको मनहरा नगरपालिकाबाट प्रहरीले बारुदजन्य ठूलो परिणाममा पटाका बरामद गरेको छ । प्रहरीले काठमाडौंको गोठाटारबाट सर्लाहीका कामेश्वर प्रसाद यादवसहित सो पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।

यादवले विभिन्न समयमा भारतबाट पटाका ल्याएर भण्डारण गरेको अवस्थामा बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख चन्द्रकुबेर खापुङ्गले बताए । 

२ हजार किलो रहेको बरामद पटाका बजार मूल्य अनुसात झण्डै २५ लाख रुपैयाँ रहेको महाशाखाले जनाएको छ । पक्राउ परेका यादवमाथि विस्फोटक पदार्थ सम्बन्धी कसुरअन्तर्गतको मुद्दामा अकारवाही गरिने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार