२०८३ बैशाख ४ गते , शुक्रबार

निजी विमान भवनमा ठोक्किँदा इटालीमा ८ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १८ गते , सोमबार
निजी विमान भवनमा ठोक्किँदा इटालीमा ८ जनाको मृत्यु
एजेन्सी । इटालीको मिलानमा एक निजी विमान भवनमा ठोक्किएर भएको दुर्घटनामा ८ जनाको ज्यान गएको छ । इटालीको उत्तरी सहर मिलानमा रहेको खाली कार्यालय भवनमा विमान ठोक्किएको हो ।

दुर्घटनामा विमानमा रहेका सबै ८ जनाको ज्यान गएको इटालीका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्याण्डका लागि उडान भरेको विमान दुर्घटनामा परेको हो । विमानका पाइलट रोमानियाका अरबपति ६८ वर्षका ड्यान पिट्रेस्कु थिए ।

दुर्घटनामा उनीसहित उनकी श्रीमती र छोराको पनि ज्यान गएको इटालियन सञ्चारमाध्यमले उल्लेख गरेका छन् । विमान ठोक्किएपछि भवन तथा तल रहेका कारमा आगलागी भएको थियो । जमिनमा रहेका कोही पनि घाइते भएका छैनन् । दुर्घटनाको कारणबारे थाहा पाउन अनुसन्धान सुरु भएको छ।

सम्बन्धित समाचार