२०८३ बैशाख ८ गते , मंगलबार

११ लाख भारुसहित फिक्कलबाट अनुप अग्रवाल पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १८ गते , सोमबार
११ लाख भारुसहित फिक्कलबाट अनुप अग्रवाल पक्राउ
झापा । इलामको सूर्योदय नगरपालिका–६ हर्कटे चौकबाट प्रहरीले लाखौँ भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलामको सूर्योदय नगरपालिका–१० फिक्कलका ३५ वर्षीय अनुप अग्रवाल रहेका छन् । आइतबार बेलुका ४ बजे प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवाल सवार रहेको मे १ च ६४२४ कारलाई चेकजाँच गर्ने क्रममा अग्रवालको साथमा रहेको कालो ब्यागमा २ हजार, ५ सय, २ सय र १ सयको नोट गरी जम्मा भारतीय रुपैयाँ ११ लाख फेला परेपछि पक्राउ गरी इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ । पक्राउ परेका उनलाई कानुनी कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार