२०८३ बैशाख २३ गते , बुधबार

थपिए १०३० कोरोना संक्रमित, १० जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १८ गते , सोमबार
थपिए १०३० कोरोना संक्रमित, १० जनाको मृत्यु

झापा । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ८९३ जनाको पीसीआर परीक्षणमा ८१२ र ४ हजार ९८१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजारजना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९६ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार