२०८३ बैशाख २३ गते , बुधबार

थपिए ९६८ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १९ गते , मंगलबार
थपिए ९६८ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

झापा । देशभर पछिल्लो २४ घण्टामा १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ५८२ र एन्टिजेन विधिबाट ४ हजार ४६० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

सोही अवधिमा १११४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख ९८ हजार ७६६ र एन्टिजेन विधिको परीक्षणमा ९२ हजार ४५८ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ७१ हजार ३३८ जना निको भएका छन् ।  यस्तै हालसम्म ११ हजार १८० जनाको मृत्यु भएको छ भने हाल देशभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् । 

सम्बन्धित समाचार