२०८३ बैशाख २३ गते , बुधबार
थपिए देशभर ८०५ संक्रमित, ८ जनाको मृत्यु
झापा। कोरोना भाइरसका कारण थप ८०५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ७२ जनाको परीक्षण गर्दा ७।५५ प्रतिशतमा संक्रमण देखिएको हो ।
थपिएकामा काठमाडौंका २०७, झापाका ५८, कास्कीका ५४, ललितपुरका ५३, मोरङका ४१ त्था भक्तपुरका ३४ जना हुन् । बिहीबार ९ सय ११ संक्रमितलाई निको भएको छ ।
त्यस्तै ८ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार दुई सय पुगेको छ । संक्रमितको संख्या १५ हजार ९ सय ४२ रहेको छ । ३ सय २९ जनाको आईसीयूमा र १ सय १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ५७ हजार १ सय ५८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।