२०८३ बैशाख ८ गते , मंगलबार

बुवाले गरे छोराको हत्या

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन २७ गते , बुधबार
बुवाले गरे छोराको हत्या

सल्यान । घरायसी विवादमा बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ५५ वर्षीय निमबहादुर कवर मगरले आफ्ना छोराको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार निमबहादुरले धारिलो हतियार प्रयोग गरी ३३ वर्षीय रुपलालको हत्या गरेका छन्।

दशैंको मासुको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा मंगलबार राति करिब १० बजे निमबहादुरले रुपलाललाई हसिँयाले प्रहार गरेका थिए। सूचना अधिकारी पौडलका अनुसार निमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। 

सम्बन्धित समाचार