२०८३ बैशाख ८ गते , मंगलबार
बिर्तामोडमा ब्राउन सुगरसहित एक जना पक्राउ
झापा । बिर्तामोडको रिद्धीसिद्धी प्लाई फ्याक्ट्री छेउबाट प्रहरीले लागू औषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ९ स्थित ३४ वर्षीय जगदीश ओली रहेका छन् ।
प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले उनलाई डिजिटल तराजु र ९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका ओलीलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।