२०८३ बैशाख ८ गते , मंगलबार

सशस्त्रद्वारा खैरो हिरोइनसहित दुई भुटानी शरणार्थी पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ४ गते , विहीबार
सशस्त्रद्वारा खैरो हिरोइनसहित दुई भुटानी शरणार्थी पक्राउ
झापा । सशस्त्र प्रहरीले खैरो हिरोइनसहित दुई भुटानी शरणार्थीलाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका-७ सीमा इलाकामा खटिएका सशस्त्र प्रहरीको टोलीले लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्दै गरेका दमक नगरपालिका ३ भुटानी शरणार्थी क्याम्प बस्ने बलराम लिम्बु र मनकी राईलाई खैरो हिरोइनसहित पक्राउ गरेको हो ।
सशस्त्रले चेकजाँच गर्दा उनीहरूको साथबाट करिब ४.१० ग्राम खैरो हिरोइन फेला परेको र आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइसकेको सशस्त्र प्रहरीका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए ।

सम्बन्धित समाचार