२०८३ बैशाख ४ गते , शुक्रबार

भारतमा विमान दुर्घटना

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ४ गते , विहीबार
भारतमा विमान दुर्घटना

एजेन्सी । भारतको मध्यप्रदेशमा भारतीय वायु सेवाको विमान दुर्घटना भएको छ। बिहीबार आईएएफ मिराज २००० विमान भिण्डी जिल्लाको बाबेदी गाउँमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनामा पाइलट घाइते भएका छन्। गाउँलेहरूले दुर्घटनाको खबर प्रहरीलाई गरेका थिए। प्रहरी अधिकारीहरू घटनास्थल पुगिसकेका छन्। क्षतिबारे थप जानकारी आउन बाँकी रहेको बताइएको छ।

सम्बन्धित समाचार