२०८३ बैशाख ४ गते , शुक्रबार

इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २१ गते , आईतबार
इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला

एजेन्सी । इराकका प्रधानमन्त्री मुस्तफा अल–कदीमीको सरकारी निवासमा आज बिहान विस्फोटकले भरिएको ड्रोनले हमला भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आज बिहान गरिएको सो हमलामा प्रधानमन्त्री निवासलाई लक्षित गरिएको थियो ।

इराकी सेनाले सो हमला प्रधानमन्त्रीलाई हत्या गर्ने प्रयासले गरिएको बताएको छ । यद्यपि प्रधानमन्त्री पूर्णरुपमा सुरक्षित छन् ।

इराकी सेनाद्वारा जारी विज्ञप्तिमा सो हमला इराकको राजधानी बगदादको ग्रीन जोन क्षेत्रमा भएको बताएको छ । प्रधानमन्त्री निवासमा कम्तीमा एक विष्फोट भएको थियो ।

सम्बन्धित समाचार