२०८३ बैशाख ८ गते , मंगलबार
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
झापा। श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका १५ निवासी ४१ वर्षीय महेन्द्र राईले आफ्नै श्रीमती ३४ वर्षीया छुङकु मगर (राई) लाई कुटपिट गर्दा उनको मृत्यु भएको हो । कार्तिक १८ गते बेलुका ६ बजेको समयमा श्रीमानको कुटपिटबाट श्रीमती घाइते भएकी थिइन ।
घाइतेलाई केही दिन घरमै सामान्य उपचार गरी २२ गते थप उपचारको लागी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । यता प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ ।