२०८३ बैशाख ८ गते , मंगलबार

मोरङ कारागारमा चौकीदार समूह र कैदीबन्दीबीच झडप, ६ जना घाइते

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २३ गते , मंगलबार
मोरङ कारागारमा चौकीदार समूह र कैदीबन्दीबीच झडप, ६ जना घाइते

विराटनगर । मोरङ कारागारमा कैदीबन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन्। कारागारका चौकीदार किरण गुरूङले अत्यधिक महंगोमा सामान बिक्री गरेको भन्दै भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो।

झडपमा चौकीदार गुरुङसहित नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए। घाइते ६ जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको उनले बताए। ‘चौकीदार गुरूङको समूहको लुगाकपडालगायत अन्य सामानमा अचाक्ली महंगो गरेको भन्दै कैदीबन्दीहरु आपसमा विवादमा उत्रिएर  झडपको स्थिति आएको हो’ जिसीले भने। गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको आरोप कैदीबन्दीको आरोप छ। विवादकै क्रममा कैदीबन्दीले गुरुङसहित उनको समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनिदिएका थिए।

पदमकुमार लिम्बू, निर्मल ढकाल, राम कुमार राई, रमेश मण्डल, किरण गुरुङ, शखेर राई, बिशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई र बविहाङ राईलाई अन्य कैदी बन्दीहरुले एउटा कोठामा थुनिदिएका हुन्। थुनिएका कैदीहरूलाई प्रहरीले कारागारबाट बाहिर निकालेर सुरक्षाका लागि राखेको जनाएको छ। उनीहरुलाई कारागारबाट बाहिर निकालेपछि आन्दोलित कैदीबन्दीहरु शान्त भएका छन्।

१४ जनालाई बस्ने बातवरण नहुने भएपछि उनीहरूलाई अन्यन्त्र कारागारमा सरुवा गरी पठाउने तयारी गरिएको छ। यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा जेल परेका अभिषेक गिरीलाई मोरङ सरूवा गरिएपछि कैदीबन्दी दिनभरी आन्दोलनमा उत्रिएका थिए। गिरीलाई डिल्लीबजार कारागारबाट मोरङमा गत मंगलबार ल्याइएपछि यहाँका कैदीहरूले दिनभरी आन्दोलनमा उत्रिएका थिए। त्यसबेला चौकीदार गुरूङको नेतृत्वमा यहाँका कैदीबन्दी आन्दोलित बनेका थिए। थाहाखबरबाट

सम्बन्धित समाचार