२०८३ बैशाख ८ गते , मंगलबार
झापामा करेन्ट लागेर एक महिलाको घटनास्थलमै मृत्यु
झापा । झापामा करेन्ट लागेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका-६ भृकुटी चौक निवासी ६२ वर्षीया हरिमाया विश्वकर्मा रहेको प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो करिब ३।३० बजे मिटर बक्स देखि भान्सा घर सम्म लगेको तारमा रहेको जोइन्ट नाङ्गो हुँदा त्यही नाङ्गो तारमा करेन्ट लागेको स्थानीयले बताएका छन्। धान काट्नको व्यस्तताले घरमा कोही नभएको बताइएको छ। यस सबन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।