२०८३ बैशाख १२ गते , शनिबार

काँग्रेस झापा- ३ को सभापतिमा गणेश पोखरेल पुनः निर्वाचित

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर ७ गते , मंगलबार
काँग्रेस झापा- ३ को सभापतिमा गणेश पोखरेल पुनः निर्वाचित
भद्रपुर । नेपाली काँग्रेसको झापा क्षेत्र नं ३ को सभापतिमा गणेश पोखरेल पुनः निर्वाचित भएका छन् । पोखरेलले प्रतिस्पर्धी राजेन्द्र घिमिरेलाई भारी अन्तरले हराएका हुन् । घिमिरेको १०८ मतका विरुद्ध ५२० मत पाएर उनी पुनः क्षेत्रीय सभापति बनेका हुन् ।
क्षेत्र नं ३ को सचिव पदमा गीताप्रसाद भट्टराई र भूपाल बस्नेत विजयी भएका छन् । महाधिवेशन प्रतिनिधिमा उर्मिलाकुमारी गौतम, तारादेवी बाराकोटी, लता कार्की र शर्मिला अधिकारी तथा महाधिवेशन प्रतिनिधि खस आर्यमा टिकाराज ढकाल र कृष्णप्रसाद प्रसाईँ विजयी भएका छन् ।
आदिवासी जनजाति खुला महाधिवेशन प्रतिनिधिमा खड्गप्रसाद राजवंशी , डम्बरसिंह सिगु र मनोज सुब्बा गौरव तथा मधेसी कोटा ओमप्रकाश सरावगी विजयी भएका छन् । त्यसैगरी जगतबहादुर बस्नेत, दयानन्द गोस्वामी, नवीन विमली, विजय रिजाल, भगीरथ पोद्धार, भूमिप्रसाद राजवंशी, मोहन महर्जन , रामप्रसाद दुलाल, श्यामप्रसाद सिटौला र सीताराम खडकाले महाधिवेशन प्रतिनिधिको १० जनामा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

सम्बन्धित समाचार