२०८३ बैशाख ८ गते , मंगलबार
झापामा खैरो हिरोइनसहित एक जना पक्राउ
झापा । झापामा लागु औषध खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका ३ निवासी २८ वर्षीय सुप्रकाश राई रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनलाई प्रहरी कार्यालय झापा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले कनकाई ७ स्थित बिरिङ नजिकैबाट पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले खैरो हिरोइन ५ ग्राम बरामद गरेको छ । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।