२०८३ बैशाख ३ गते , विहीबार

पूर्व विद्यार्थी दाहालको पहलमा लक्ष्मी मावि बनियानीलाई पुस्तक

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १० गते , शुक्रबार
पूर्व विद्यार्थी दाहालको पहलमा लक्ष्मी मावि बनियानीलाई पुस्तक
झापा ।  कचनकवल गाउँपालिका-६ बनियानीस्थित लक्ष्मी माविलाई शुक्रबार एक कार्यक्रमका बिच पुस्तक हस्तान्तरण गरिएको छ । सोही गाउँपालिका ६ बस्ने पूर्व विद्यार्थी निश्चल दाहालले विद्यालयलाई पुस्तक प्रदान गरेका हुन । उनले सोही विद्यालयलाई दुई चरणमा पुस्तक हस्तान्तरण गर्ने कार्यक्रम अनुसार पहिलो चरणमा कक्षा ११ र १२ का लागि अत्यावश्यक पुस्तक हस्तान्तरण प्रदान गरेको बताइएको छ । उनले मङ्सिर १२ गते क्याम्पसका स्नातक तहलाई पुस्तक हस्तान्तरण गर्ने जनाएको छ । पुस्तक हस्तान्तरण कार्यक्रममा शिक्षकहरू रत्न कुमार बुढाथोकी, शुकदेव पोख्रेल, डिल्लीराम भट्टराई, कर्मचारी लक्ष्मी भण्डारी लगायतको उपस्थिति रहेको थियो ।  

सोही विद्यालयमा आफ्नो प्रारम्भिक शिक्षा हासिल गरेका दाहाल विगत ११ वर्ष देखि युएई मा बसोबास गर्दै आएका छन्। विदेशमा रहँदा समेत परोपकारी कार्यमा अग्रसर दाहाल, गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् युएईका महासचिव पनि हुन। 

विदेश रहेका सहयोगी गैर आवासीय नेपाली, केही सीमित साथी सर्कल भित्र सहयोगको अपिल गरी दाहालले नेपाली रकम तीन लाख भन्दा बढीको योजना अगाडि बढाएका हुन।  विद्यालयलाई आवश्यक पुस्तक,  विद्यार्थीहरूलाई आइडेन्टिटी कार्ड साथै क्याम्पस लाई लेक्चरर डाइस हस्तान्तरण गर्ने दाहालको योजना रहेको छ । 
विदेशमा आपतमा परेर घर फर्कन नपाएका यस पालिकाका युवाहरूलाई घर ल्याउन व्यवस्थापन गर्ने, वैदेशिक रोजगारीको क्रममा दलालको चङ्गुलमा परि रकम डुबाएकाहरूको रकम लिन सहयोग गर्ने, गाउँ घरमा बाढी लगायतका समयमा खुलेर सहयोग गरेका दाहालले कोरोना संक्रमणको दौरान भएको लकडाउनमा पिपिई, स्यानिटाइजर, खानाको लागि सहयोगमा योगदान दिएका थिए। 

सम्बन्धित समाचार