२०८३ बैशाख १२ गते , शनिबार

राप्रपाको अध्यक्षमा उम्मेदवारी दस्तुर एक लाख रुपैयाँ

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १६ गते , विहीबार
राप्रपाको अध्यक्षमा उम्मेदवारी दस्तुर एक लाख रुपैयाँ

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ।  बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्वको चुनावी कार्यक्रम सार्वजनिक गर्दै केन्द्रीय निर्वाचन समितिले अध्यक्षमा उम्मेदवारी दिन एक लाख रुपैयाँ लाग्ने जनाएको हो। 

उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्री पदका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ दस्तुर तोकिएको छ। निर्वाचन कार्यक्रम अनुसार शुक्रबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने भनिए पनि कमल थापा र राजेन्द्र लिङ्देन दुवैले दाबी नछाडेकाले चुनावी प्रक्रियाबाट नेतृत्व चयनको संभावना बढेको छ। 

सम्बन्धित समाचार