२०८३ बैशाख ३ गते , विहीबार

क्याम्पसको जग्गाको विषयमा विद्यार्थी संगठन आन्दोलित

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २० गते , सोमबार
क्याम्पसको जग्गाको विषयमा विद्यार्थी संगठन आन्दोलित

झापा । महेन्द्र बहुमुखी क्याम्पसको जग्गामा मोहीका हकवालाको नाममा नामासारी गरिदिने आदेशप्रति विरोध जनाउँदै क्याम्पसका विद्यार्थी सङ्गठनले विरोध जनाएका छन् । 

विभिन्न विद्यार्थी सङ्गठनले सोमबार क्याम्पस अगाडि टायर जलाउँदै विरोध जनाए । अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, सङ्घीय लिम्बुवान मञ्च, समाजवादी विद्यार्थी युनियनका विद्यार्थी सङ्गठनहरू भेला हुँदै विरोध जनाएका हुन् । असोज २५ गते अर्धन्यायिक निकाय भूमिसुधार तथा मालपोत कार्यालयले मोहीका हकवालाका नाममा नामसारी गरिदिन भन्दै आदेश दिएको थियो । 

उक्त आदेशलाई लिएर क्याम्पस प्रशासनले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ । त्यसका लागि क्याम्पसका प्रमुख दामोदर भण्डारी अहिले त्रिभुवन विश्वविद्यालयमा कानूनी परामर्श लिइरहेका छन् । क्याम्पसको सार्वजनिक सम्पत्तिको विरुद्धमा कार्यालयले दिएको आदेशसँगै क्याम्पसको जग्गा हडप्न भूमिका खेल्ने जनप्रतिनिधि र भूमाफियाका विरुद्धमा आन्दोलनको घोषणा गरेको नेविसंघका विनोद आलेले जानकारी दिए । ब्लाष्टखबरबाट

सम्बन्धित समाचार