२०८३ बैशाख ५ गते , शनिबार

गुलाम कश्मीरमा पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना, दुई पाइलटको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर २० गते , सोमबार
गुलाम कश्मीरमा पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना, दुई पाइलटको मृत्यु

एएनआई । पाकिस्तानी सेनाको हेलिकप्टर गुलाम कश्मीरको गिलगिट–बाल्टिस्तानको सियाचिनमा दुर्घटनाग्रस्त भएको छ । सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । यो जानकारी पाकिस्तानी सेनाले दिएको हो । दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको छ ।

पाकिस्तानी सेनाको जनसम्पर्क (आईएसपीआर) द्वारा जारी एक विज्ञप्ति अनुसार यो हेलिकप्टर दुर्घटनामा दुबै पाइलट मेजर इरफान बर्चा र मेजर राजा जीशानको मृत्यु भएको छ। साथै, विज्ञप्तिमा भनिएको छ कि पाकिस्तानी सेनाका जवान र उद्धार हेलिकप्टर दुर्घटना स्थलमा पुगेका छन्। काराकोरम पर्वतमा रहेको सियाचिन ग्लेशियर सन् १९८४ देखि भारत र पाकिस्तानबीच सैन्य विवादको केन्द्र बनेको छ ।

सम्बन्धित समाचार